October 29, 2020, Thursday
२०७७ कार्तिक १३

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा फुटवल प्रतियोगिता सम्पन्न

1.2K

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा माल्टामा प्रथम खेल प्रतियोगिता सम्पन्न भएको छ ।आयोजक सहित १० टिमबीच प्रतिस्पर्धा भएको उक्त फुटवल प्रतियोगितामा आयोजक टिम प्रथम भएको छ भने झापा फुटबल क्लब द्धितिय भएका छन् ।प्रथम ,दाेस्राे लाई क्रममा चार सय ११ र दुई सय ११ युरो नगद र प्रमाणपत्र वितरण गरिएको थियोे ।खेलकाे एम्पाएरको भुमिका मा छविलाल मल्ल र सबिता गुरुङ रहेका थिए ।

नेपाल माल्टा फुटवल क्लवका अध्यक्ष रोशन अर्यालको अध्यक्ष्यता तथा क्लबका बरिष्ठ सल्लाहकार रेमलाल खनालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन भुवन अर्यालले गरेका थिए ।प्रमुख अतिथि रेमलाल खनालले यस्ता आयोजनाले नेपालीहरु एक जुट हुन र आपसी सम्बन्ध मजभुत बनाउन सहयोग पुग्ने बताए ।

दुइ दिन सम्म चलेको उक्त फुटबल प्रतियोगितामा नेपाल माल्टा फुटवल क्लव (रेड) का बिधान कार्की बेस्ट प्लेयर र झापा फुटबल क्लबका राजु लामा बेस्ट किपर घोषित भएका छन् ।यस्तै हाइ स्काेर इश्वर मगरले प्राप्त गरेका थिए  ।

उक्त क्लबले बेला बेला ऐतिहासिक फुटबल प्रतियोगिताहरु सम्पन्न गर्ने जनाएको छ ।नेपाली फुटबल खेलको विकास तथा नेपालीहरु विच मैत्रीपूर्ण सम्बन्ध कायम राख्न आगामी दिनमा पनि यस्ता आयोजनाहरु गरिने सचिव आकाश गुरुङले जानकारी दिए ।

Recent Update