January 27, 2021, Wednesday
२०७७ माघ १५

दश रुपैयाँको मास्क किन्न बेवास्ता गर्दा सय रुपैयाँ जरिवाना

380

सामान्यतया बजारका मेडिकलहरुमा दश रुपैयाँमा एउटा मास्क किन्न पाइन्छ, तर त्यहि १० रुपैयाँको मास्क किनेर लगाउन अल्छी गरेपछि प्रहरीले रुकुममा एक सय रुपैयाँ जरिवाना गरेर एउटा मास्क दिनुु परेको छ ।मास्क नलगाएर स्थानीयहरु जथाभावी हिडडुल गरेको पाइएर प्रहरीले एक सय रुपैयाँ जरिवाना काटेर एउटा मास्क दिने गरेको हाेे ।केही दिन अगाडि बाट गृहमन्त्रालय बाट जारि आदेशलाई कार्यन्वयन गराउदै प्रहरीले कडाइ गरेको छ ।

हाल सम्म प्रहरीले ४९ जनालाई कारबाही गरेको छ । काेराेना भाइरस संक्रमणकाे जाेखिमलाई न्युनिकरण गर्न सरकारले मास्क अनिवार्य गरेका हुदा रुकुममा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । बिहीबार र शुक्रवार विहान सम्म ४९ जना मास्क नलगाई हिड्नेलाई कारबाही गरिएको र याे क्रम नियमित जारि रहने प्रहरी निरक्षक हरि ओलीले जानकारी दिए ।मास्क नलगाई हिड्नेहरुलाई काटेको सय रुपैयाँ जरिवाना बाट ४ हजार ९ सय रुपैयाँ राजश्व संकलन भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।