November 29, 2020, Sunday
२०७७ मंसिर १४

सवारीसाधन कार्वाही बाट १४ लाख बीस हजार राजस्व संकलन

816

जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले आर्थिक बर्ष २०६७ र २०७७ बाट १४ लाख २० हजार ५ सय राजस्व संकलन गरेको जनाएको छ । विभिन्न सवारीसाधन बाट जरिवाना स्वरुप उक्त रकम राजस्वमा जम्मा गरिएको जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख लक्ष्मण विश्वकर्माले जानकारी दिए ।

ट्राफिक नियम उलंघन गर्ने १ सय ६५ बस बाट १ लाख ३८ हजार ५ सय ,९४ ओटा ट्रक बाट ८६ हजार पाँच सय,१ सय ९३ ट्याक्टर बाट एक लाख ७२ हजार ५ सय,९ सय ७ माेटरसाइकल बाट ८ लाख पचास हजार गरि जम्मा १४ लाख २० हजार ५ सय राजस्व संकलन भएको हाे । यस्तै १२ वटा सवारीसाधन दुर्घटना भएको ,९ जनाको निधन भएको र ३८ जना घाइते भएको पनि जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

Recent Update