September 19, 2021, Sunday
२०७८ आश्विन ३

शनिबार ५७ जना संक्रमित थपिए ,एक सय तीन डिस्चार्ज भए

254

शनिबार कोरोना भाइरसका नयाँ ५७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।यस्तै शनिबार एक सय तिन जना काेराेना जितेर घर फर्केका छन् ।

क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए। कोरोना भाइरसबाट निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।