December 6, 2021, Monday
२०७८ मंसिर २०

भारतमा केस मुण्डन गरेका व्यक्ति नेपाली नभएको पुष्टि

186

भारतको बनारसमा विश्व हिन्दु सेनाले केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।बाराणसी प्रहरीका अनुसार उनी भारतीय नागरिक नै हुन् र पैसा लिएर अभिनय गरेका थिए ।अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा बनारसमा एक नेपालीलाई बलपूर्वक केस मुण्डन गर्नुका टाउकोमा श्रीराम लेखेको भन्दै विश्व हिन्दु सेनाले भिडियो सामाजिक सञ्जालमा हालेको थियो ।

भिडियोमा केस मुण्डन गरिएका व्यक्तिलाई प्रधानमन्त्री ओली र नेपालविरुद्ध मुर्दाबादको नारा लगाउन समेत लगाइएको थियो ।भिडियो फुटेजकै आधारमा प्रहरीले केही मानिसलाई पक्राउ गरेको थियो भने विश्व हिन्दु सेनाका संस्थापक अरुण पाठकविरुद्ध एफआईआर दायर गरेको थियो ।