November 23, 2020, Monday
२०७७ मंसिर ९

ट्याक्टर दुर्घटनामा परेर प्युठानमा सात जना मजदुरको मृत्यु

1.8K

प्युठानकाे स्वर्गद्वारी नगरपालिका धरमपानी नजिकै शनिबार राति ट्याक्टर दुर्घटना हुदा सात जनाकाे मृत्युु भएको छ ।भिगृ-स्वर्गद्वारी माेटरवाटाे स्तरउन्नति भैरहेको सडकमा काम गर्ने राेल्पा रुन्टिगढिका ७ जना मजदुरको ट्याक्टर दुर्घटनामा मुत्यु भएको हाे। घटनामा परि एकजना भने जिवित रहेका छन ।घटनामा निधन हुनेकाे पहिचान गर्न बाकि रहेको प्रहरीले जनाएको छ । लु २ च ४२३४ नम्वरको ट्याक्टर दुर्घटना भएको हाे ।
रातभर बर्षाका कारण उद्दार हुन नसकेपछि आइतबार बिहान नेपाल प्रहरी , नेपाली सेना र स्थानियले शवकाे उद्दार गरेका छन ।ट्याक्टर सडक बाट अन्दाजी चार सय मिटर तल खसेको प्युठान प्रहरीले जनाएको छ ।राति ११ बजेकाे समयमा ट्याक्टर पल्टिएको बताइएको छ ।मजदुरहरु घर बाट कार्यस्थल फर्कदै थिए ।

Recent Update