August 3, 2021, Tuesday
२०७८ श्रावण १९

बुटवलमा कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको निधन

410

कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक जना व्यक्तिको आज निधन भएको छ । कोरोना विशेष अस्पतालका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको निधन भएको हो ।

१३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका उनको आज उपचारको क्रममा निधन भएको हो । मृतकको कोरोना सङ्क्रमण परीक्षणका लागि आइतबार मात्र स्वाब केन्द्रीय प्रयोगशाला काठमाडौं पठाइएको र रिपोर्ट नआइसकेकाले मृत्युको कारण के हो भन्ने अहिले पुष्टि गर्न नसकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिए।

निधन भएका ब्यक्ती चैत ८ गते दुबइ बाट नेपाल आएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले एक हप्तासम्म घरमै आराम गरी बसेकाे परिवार स्राेतले जनाएकाे छ ।