December 1, 2020, Tuesday
२०७७ मंसिर १६

एक्लाे जीवन आनन्दकाे जीवन

807

खै के सोचे खै के ठाने ढलाएर गए
भिडबाट मलाई छाने ढलायर गए
दुश्मन आयो मजाले बधाई दिएर गयो
आफ्ना भन्ने ले खुट्टा ताने ढलायर गए

गरियोस समस्या सम्बोधन कहिले सम्म चल्छ
बढ्दैछन घटना झन – झन कहिले सम्म चल्छ
श्रम चल्छ पसिना चल्छ छोएको पानी चल्दैन
सरकार यो जातीय उत्पीडन कहिले सम्म चल्छ

न आउँछन न कोहि जान्छन आनन्दको हुन्छ
न झर्छ आँसु न दुख्छ मन आनन्दको हुन्छ
दिल दुखाई – दुखाई सम्बन्ध निभाउनु भन्दा
एक्लै जिउनुस एक्लो जीवन आनन्दको हुन्छ

बलियो बनाउ धार लगाई हतियार बनाउनु पर्छ
प्रेम सगैँ सद्भाव बढाई हतियार बनाउनु पर्छ
बनाउने ले त चक्कु छुरा हतियार बनाउलान
तिमिले प्रेम र मुस्कान लाई हतियार बनाउनु पर्छ

शरद डाँगी
सानीभेरि 10 चिन्तु
पश्चिम रुकुम

Recent Update