November 25, 2020, Wednesday
२०७७ मंसिर ११

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या दुइ हजार क्रस

405

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस बाट निधन हुनेको सख्या दुई दिनमा दुई गुना बढेर दुइ हजार नाघेको छ । यो समाचार तयार गर्दा सम्म त्यहाँ एक लाख २० हजार भन्दा बढि मानिसमा संक्रमण पुष्टि भएको बिबिसिले जनाएको छ ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणको प्रकोपबाट अतिप्रभावित न्यूयोर्क तथा न्यूजर्जीका विभिन्न क्षेत्रमा क्वारन्टीन लागु गर्ने कुरा अस्वीकार गरेको बताइएको छ । त्यसप्रति ती दुई राज्यका गभर्नरले रोष प्रकट गरेका छन्।

न्यूयोर्कका गभर्नरले उक्त निर्णयले सर्वसाधारणमा सन्त्रास उत्पन्न हुने र वित्तीय क्षेत्र अस्थिर हुने बताएको बिबिसीले जनाएको छ । यसअघि राष्ट्रपति ट्रम्पलले कोभिड(१९ को विस्तार रोक्न न्यूयोर्क तथा न्यूजर्जी र कनेक्टिकट राज्यका केही भागमा क्वारन्टीन गर्न सकिने बताएका थिए।

Recent Update