April 11, 2021, Sunday
२०७७ चैत्र २९

बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि

127

काठमाडौं– बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको दर कम भइरहेको दावी गर्दै गर्दा बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायाणी अस्पतालको प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको अस्पतालका निर्देशक डाक्टर मदन उपाध्यायले बताए ।

अस्पतालका निर्देशक डा उपाध्यायका अनुसार संक्रमण पुष्टि भएकाहरु सुवर्ण गाउँपालिकाका र देवलात गाउँपालिकामा रहेका व्यक्तिहरु हुन् ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ५ जना गाउँपालिकाका कर्मचारी र अन्य स्वास्थ्यकर्मीका परिवारका सदस्यहरु सहित ४६ जना छन् ।

ती मध्ये ११ जना महिला र ३५ जना पुरुष रहेको प्रजिअ पण्डितले बताए ।