October 25, 2020, Sunday
२०७७ कार्तिक ९

खुट्टाले काम नगर्दा हातले शरीर लतार्ने रुकुमकी शारदालाई दुई लाख २५ हजार सहयोग

2K


जन्मजात दुबै खुट्टाले काम नगरेपछि हात टेकेर शरीर घिसार्दै संघर्ष गर्दै आएकि रुकुम खाेलागाँउकि २६ बर्षीया शारदा शर्मालाई आर्थिक सहयोग भएको छ ।केही महिना अगाडि हाम्रा खबर डटकम अनलाइनमा शारदाकाे बिषयमा पत्रकार आदर्श केसीले लेखेको स्टाेरी पढेर विश्वका विभिन्न देश बाट उनलाई सहयोग आर्थिक सहयोग भएको हाे ।राेजगारीकाे लागि साइप्रस पुगेकी समाजसेवी तथा नेपाली जनसम्पर्क समिति साइप्रसकी महामन्त्री नेपालकाे काभ्रे घर भएकी सरस्वती खनाल तिमल्सिनाकाे संयाेजकत्व तथा साइप्रसमै कार्यरत समाजसेवी नेपालकाे झापा निवासी शुसिला उप्रेती चुडालकाे साथ सहयोगमा संकलन भएको नेपाली दुई लाख १० हजार रकम शारदालाई हस्तान्तरण भएको हाे ।

पुर्व स्वास्थ्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य सभाषद गगन कुमार थापाले विश्वका विभिन्न मुलुक बाट शारदाकाे लागि संकलन भएको उक्त रकम हस्तान्तरण गरेका हुन ।साथै पुर्व स्वास्थ्यमन्त्री थापाकाे निजि सचिवालय बाट पनि  १५ हजार नगद रुपैयाँ  शारदालाई सहयोग गरेका छन ।सहयोग रकम हस्तान्तरण गर्दै थापाले पराेपकारी कार्य गरि शारदाकाे बाकि भविष्य उज्यालो बनाउने अभियानमा सहयोग गर्ने देश ,विदेशका सहयोगी दातालाई धन्यवाद दिएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यालय सचिव,बिनाेद तिमल्सिना ,काभ्रे नेपाली काँग्रेस प्रवक्ता महेशराज पाैडेल,काभ्रे क्षेत्र नम्बर २ का काँग्रेस सचिव आनन्द सापकोटा ,नेविसंघका   पुर्व  केन्द्रीय सदस्य  भाेला नेपाल ,नेपाली काँग्रेस रुकुमका नेता तथा पुर्व नेविसंघ उपाध्यक्ष खडग डाँगी ,नेविसंघ नेता सुशील खड्का ,पत्रकार महासंघ रुकुमका उपाध्यक्ष लक्ष्मण केसि लगाएतकाे सहभागीता रहेको थियो ।

शारदाकाे आगामी भविष्य निर्माणमा केही सहयोग हाेस भनेर आफुले अभियान सुरु गरेको र त्यसमा शुसिला उप्रेती चुडाल लगाएत विश्वभर बाट सहयोग गर्नुहुने सबैलाई सरस्वती खनालले धन्यवाद दिइन ।शारदा जस्तै धेरै दुखिलाई सहयोग गर्दै आएकि सरस्वतीले समाजसेवाकाे अभियान निरन्तर जारि रहने बताइन ।शारदा जस्तै अरुलाई पनि सकेजति सहयोग हुनेछ ,समाजसेवा यात्रा निरन्तर जारि रहने छ खनालले बताइन् ।शारदालाई आगामी दिनमा पनि साथ सहयोग रहने खनालकाे प्रतिबद्धता छ ।

सहयोग प्राप्त गरेपछि शारदाले आफ्नो दुखमा साथ सहयोग गर्न अभियान सुरु गर्ने सरस्वती ,साथ दिने शुसिला र सहयोग गर्ने विश्वभरका सहयोगी मनलाई सबैलाई धन्यवाद दिइन ।शारदा अत्यन्तै गरिव परिवारमा हुर्केकि युवती हुन ।अशक्त शारदाले जिन्दगी जिउन निकै संघर्ष गर्दै आएकि छिन ।केही गर्छु भनेर अशक्त शरीर लतार्दै रुकुम बाट काठमाडौ झरेकि शारदा विभिन्न कष्ट र चुनाैति झेल्दै डिग्री समेत पढ्दै गरेकि छिन ।सहयोगीहरुको विवरण यहाँ छ

Recent Update