April 19, 2021, Monday
२०७८ बैशाख ६

कोरियामा पनि मनाइयो बिपी स्मृति दिवस

259

कोरियामा मनाइयो बि पी स्मृति दिवसनेपाली कांग्रेसका संस्थापक नेता एवं नेपाली राजनीतिक क्रान्तिका धरोहर महामानव स्वर्गीय बीपी कोइरालाको ३८ औं स्मृति दिवस दक्षिण कोरियामा पनि विविध कार्यक्रमका साथ मनाइएको छ।

प्रत्येक वर्ष श्रावण ६ गते पर्ने स्वर्गीय बिपी कोइरालाको स्मृति दिवसका अवसरमा कोरियाको छनान फेन्तेक क्षेत्रीय सभापति प्रकाश गाहाको सभापतित्वमा आयोजित कार्यक्रममा जनसम्पर्क समिति दक्षिण कोरियाका केन्द्रीय उपसभापति जितेन्द्र महताको प्रमुख आतिथ्यता एबं उपसभापति सुभाष योगी तथा महामन्त्री कुमार थापा को बिशेष आतिथ्यता तथा संगठन विभाग प्रमुख खेमराज देवकोटा को आतिथ्यतामा महामानव वीपी कोइरालाको तस्बिरमा अबीर पुष्पाञ्जली अर्पण गरी विविध कार्यक्रमका साथ सम्पन्न भएको हो।

कार्यक्रममा छनान क्षेत्रीय समितिका पदाधिकारीहरु लगायत नेपाली कांग्रेस प्रति आस्थावान कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख अतिथि जनसम्पर्क समिति दक्षिण कोरियाका उपसभापति जितेन्द्र महताले स्वर्गीय विपी कोइरालाको नेपालमा प्रजातन्त्र स्थापना र नेपाली जनतालाई राणाहरूको एकतन्त्रीय जहानियाँ शासन बाट मुक्त गराउन स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै उहाँको बहुआयामिक व्यक्तित्व बाट हामी सबैलाई सिक्ने अवसर र प्रेरणा मिलेकाे बताए । कार्यक्रममा अन्य वक्ताहरुले पनि स्वर्गीय कोइरालाको योगदानको चर्चा गर्दै वर्तमान राजनीतिकर्मीहरुले पनि कोइरालाको राजनीतिक आदर्श र मूल्यमान्यता बाट पाठ सिक्नुपर्ने बताएका थिए।