October 22, 2020, Thursday
२०७७ कार्तिक ७

नेकपा स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

162

काठमाडौं- पटक पटक मिति तय हुँदै स्थगित हुँदै आएको नेकपा स्थायी समितिको बैठक आज पनि बोलाइएको छ ।

बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका नेकपाका प्रचारविभाग उपप्रमुख सूर्य थापाले मंगलबार ३ बजेको लागि बैठक बोलाइएको बताए ।

यद्यपि नेताहरुबीच सहमति जुट्न नसक्दा आज पनि बैठक बस्ने नबस्ने अन्योल कायमै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने विषयले विवादमा अल्झिएको नेकपामा यो विषयमा अझै कुनै सहमति जुटेको छैन ।

बरु नेताहरु गुटगत भेलामा व्यस्त छन् ।

 

 

Recent Update