October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

युभेन्टसले लाजियोलाई २–१ ले हरायो, जितसँगै युभेन्टस उपाधिको होडमा

231

काठमाण्डौ – इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको युभेन्टसले लाजियोलाई २–१ ले हराएको छ । जितसँगै युभेन्टस उपाधिको होडमा एक कदम नजिक पुगेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । उनले एक गोल पेनाल्टीबाट गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ५४ औँ मिनेटमा फेरि रोनाल्डोले पाउलो डिबालाको पासमा गोल गर्दै टिमलाई २–० ले अगाडि राखे ।

८३ औँ मिनेटमा इमोबेलीले पेनाल्टी मार्फत गोल गर्दै टिमको अन्तर कम गरेका थिए । तर त्यसपछि दुवै टिमबाट थप अवसर भए पनि गोल हुन सकेन र युभेन्टसले जित निकाल्यो ।

यो जितसँगै युभेन्टसले ३४ खेलमा ८० अंक बनाएको छ ।

Recent Update