October 27, 2020, Tuesday
२०७७ कार्तिक १२

नेपालमा फेरि ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताको चेतावनी

819

एजेन्सी- नेपालमा फेरि ठूलो भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युनिभर्सिटी अफ अल्बर्टाका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार नेपालमा फेरि ठूलो भूकम्प आउने खतरा देखिएको हो ।

नेपालमा पेट्रोलियम पर्दाको खोजीका क्रममा जमिनमा भित्रबाट फरक तरिकाको आवाज सुनिएको र टेक्टोनिक प्लेट्समा लगातार बदलाव आएको अनुसन्धानकर्ताको निष्कर्ष निकालेका छन् ।

अनुसन्धानकर्ताले नेपालको पश्चिमी क्षेत्रमा अबको भूकम्पले ठूलो क्षती व्यहोर्नुपर्ने जनाएका छन् । नेपालमा आउने भूकम्पका लागि गंगा नदीको बहाव क्षेत्रमुनि भएको परिवर्तन मुख्य जिम्मेवार रहेको इण्डियाटाइम्सले जनाएको छ ।

अल्वर्टा विश्व विद्यालयका अनुसन्धानकर्ता माइक डुवाल र उनको टोलीले नेपालको हिमालय क्षेत्रको जमिनको अध्ययन गरेको थियो । आफूहरुले जमिन भित्रको सतहमा आएको परिवर्तनलाई रेकर्ड गरेको अनुसन्धानकर्ताले बताएका छन् । भूकम्प २०७२ सालभन्दा ठूलो हुनसक्ने अनुमान उनीहरुको छ ।

डुवाल नेतृत्वको टोलीले नेपालको जमिनका विभिन्न तहको अध्ययन गरेको छ । नेपालको पहाडी क्षेत्रको जमिनको तह गंगा नदीको तहसँग जोडिएको छ । गंगा नदीको बहाव क्षेत्रमुनि ठूलो हलचल चलिरहेको र त्यसको आवाज नेपालको हिमालय क्षेत्रमा पनि सुनिएको छ ।

अनुसन्धानकर्ता डुवालले हिमालय क्षेत्रको मुनि जमिनको तह उल्झन प्रकारको देखिएको छ ।

Recent Update