October 31, 2020, Saturday
२०७७ कार्तिक १५

पहिरोमा पुरिएर स्याङ्जा र झापामा १–१ जनाको मृत्यु

240

स्याङ्जा – स्याङ्जाको गल्याङ नगरपालिका १० मा पहिरोले घर भत्किएर पुरिँदा मायाँ सारुको ज्यान गएको छ ।

हाँकी छोरी २० वर्षीया नारायणीको भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।

बेलुका खाना खाएर सुतेका उनीहरुलाई स्थानीय बासिन्दाले बिहान मात्र पुरिएको अवस्थामा देखेका थिए ।

झापामा १  जनाको ज्यान गयो

झापामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

गएराति बुद्धशान्ति गाउँपालिका-७ मोतीडाडाँमा तेजकुमार बराईलीको घर पहिरोले भत्किँदा पाहुना लाग्न गएका झापा मेचीनगर नगरपालिका-९ का १५ वर्षका विवेक दर्नालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Recent Update