December 1, 2020, Tuesday
२०७७ मंसिर १६

पुष्पलालले बिपीलाई पार्टी बाट निष्कासन गरेकाे याे दुर्लभ पत्र

492

 

नेपाली राष्ट्रिय काँग्रेसकाे गठन हुदा सम्मान स्वरूप सभापति टंक प्रसाद आचार्यलाइ राखिएकाे थियाे र कार्यवाहक सभापती थिए बिपी काेइराला ।पछि पहिलाे सत्याग्रहमा विपी जेल परेकाे वेला मातृका र मातृकाले राजिनामा गरेपछि ३ साउन २००४ मा बनारसमा वसेकाे वैठकले १ वर्षकाे लागि डिल्ली रमण रेग्मीलाई का.वा अध्यक्ष बनायाे। विपी जेलवाट छुटे तर डिल्ली रमण रेग्मीले का.वा. छाेड्नुकाे साटाे टंकप्रसाद लाइ अध्यक्ष वाट हटाएर आफु नै अध्यक्ष भएकाे घाेषणा गरे । बिपीलाई याे मान्य हुने कुरा थिएन ।

उनले २००४ साल असाेज २८ गते वाट आफुले का.वा पद संम्हालेकाे घाेषणा गरे ।त्यसकाे झण्डै १ महिना पछि पुष्पलालले कार्यकारी मन्त्रिकाे हैसीयतमा विपीकाे त्याे कार्य अवैध भएकाे र वीपी नेपाली राष्ट्रिय काँग्रेसकाे साधारण पदाधिकारी समेत नरहेकाे भन्दै खण्डन गरी कार्यकर्ताकाे नाममा याे पत्र सार्वजनिक गरे । र कुनै पनि शाखाले बिपी संग सम्वन्ध नराख्न चेतावनी पनि दिए ।

यसरी रेग्मी गुटमा लागेका पुस्पलालले पछि पार्टी एकिरणकाे लागी आमरण अनसन बस्ने चेतावनी समेत दिए र बिपीलाई एकीरणकाे लागी मनाउन सफल भए । विपीले उनलाइ लाै जसरी पार्टी मिलाउन सक्नुहुन्छ मिलाउनुहाेस भनेर खाली लेटरप्याटमा सही गरेर दिए तर उनले रेग्मीलाइ मनाउन सकेनन् ।यसरी विपीलाई कारवाही गरेर रेग्मी तिर लागेका पुष्पलाल त्यहाँ झनै सन्तुष्ट हुन सकेनन । २००६ साल मंसीरमा पार्टीकै सचिवकाे हैसीयतले भारतीय कम्युनिष्ट पार्टीकाे आमसभामा कलकत्ता पुगेका पुस्पलाल नेपालमा कम्युनिष्ट पार्टी स्थापनाकाे अटाेट लिएर फर्कीए ।यसरी विपीलाई कार्वाही गरेर बिपी सँग छुट्टीएका पुस्पलालकाे काँग्रेस सँग मिलेर देशमा प्रजातन्त्र ल्याउने चाहना आफ्नाे जिवनमा पुरा हुन सकेन ।

(यस्तै इतिहास संकलनमा  विषेश लगाव र मेहनत गर्ने पत्रकार सुदिप गाैतमकाे फेसबुक बाट लिइएकाे सामाग्री )

Recent Update