May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

मृत भेटिएकी युवतीको ‘नोट’: ‘ मेरो शव लगेर आमालाई जिम्मा दिनू।’

127

विराटनगर – मोरङमा मृत्त फेला परेकी युवतीको दुई दिनसम्म पनि सनाखत हुन सकेको छैन्। बेलबारी नगरपालिका-१० स्थित सृजना सामुदायिक वनमा अन्दाजी २०/२२ वर्षीया युवती मंगलबार साँझ मृत्त भेटिएकी थिइन्। सखुवाको रुखमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा शव भेटिए पनि युवतीको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एउटा ‘नोट’ पनि बरामद गरेको छ। युवतीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।‘नोट’मा लेखिएको छ, ‘भाईबहिनी र आमालाई म धेरै माया गर्छु। मेरो शव लगेर आमालाई जिम्मा दिनू।’ ‘नोट’मा आफ्नो घर विराटनगरको राजवंशी चोकस्थित भीम पार्कमा भएको उल्लेख गरिएको छ। त्यसका आधारमा उक्त स्थानमा सोधीखोजी गरे पनि केही पत्ता लाग्न नसक्दा अनुसन्धानका बाँकी प्रक्रिया अघि बढाउन प्रहरीलाई मुस्किल परिरहेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले अहिलेसम्म कोही आफन्त प्रहरीको सम्पर्कमा नआएको बताए।