November 29, 2020, Sunday
२०७७ मंसिर १४

बाटोमा अलपत्र परेका मजदुरलाई गन्तव्यमा पुर्‍याउ

1.8K

आदर्श केसी


आइतबार बिहानै एउटा फोन आयो ।सर नमस्कार हजुर म डिल्ली डाङ्गि मेरो घर पश्चिम दाङ हो ।अहिले म लगाएत ८ जना धादिङको आदमघाट भन्ने ठाउँमा छौ ।यहाँ मजदुरि गर्न आएका हौ ।एक्कासि देश बन्द भयो,हाम्रो तयारी केही थिएन ।अब खाना पनि ३ छाक लाई मात्रै छ ।

हामी बिचल्लीमा परेका छौ।तपाईंको जिल्लाका पुर्व मन्त्री जनार्दन शर्माले अस्ति गाडी बनाएर बुटवलमा अलपत्र परेका रुकुमका हामी जस्तै मजदुरलाई गाडीमा रुकुम पठाएको कुरा सुनेका थियौ ।हामीलाई पनि दाङ सम्म पठाउन जनार्दन लाई भन्दिनु परो ।बर्वाद भयो हजुर ।यस्तै विलौनाहरु धारा प्रवाह आइरहे।न मेरो उनिहरु सग कुनै चिनजान न कहिले भेटघाट मेरो नम्बर कसैले दिएको आधारमा उनिहरु यो मलाई सुनाइ रहेको थिए ।

अहिलेको लगडाउन कसैको स्वार्थको लागि पनि होइन,कसैले जबर्जस्ती लादेको पनि होइन यो त हामी सबैलाई सतर्क बनाउनको लागि हो ।धेरै कुराहरु मनमा खेलि रहे ।फेरि साँझ पाँच बजे आसपासमा त्यहि फोन आयो समस्या उहीँ दोहोरिए ।

विहानको संवादमा बरु १८ गत्ते सम्म केही उपाय लाग्छ धैर्य गर्नु भनेको थिए तर साँझ लगडाउन थप हप्ता दिन बढाउने हल्ला आसकेको थियोे ।उनिहरुलाइ सम्झाउन सक्ने शब्दहरु म सग थिएनन ।धैर्य गर्नुहोस मात्रै भने ।


राति नौ बजे सरकारले चैत २५ सम्म लगडाउन गर्ने निर्णय गरेको कुरा सुनेर फेरि उनै मजदुरहरुले सोमबार विहान ६ बजे मेरो फोनको घण्टि बजाए ।म सग उनिहरुको यति धेरै अपेक्षा रहेछ तर विडम्बना अहिलेको अवस्थामा के गर्ने के नगर्ने म पनि अलमलमा परे ।

यी मजदुरहरुका त समस्या केवल घर जान नपाएको र खाद्यान्न सकिन लागेको मात्रै त भए ।तर आज देशको सम्पुर्ण ध्यान कोरोना भाइरस तिर जादा, ओैषधि उपचार नपाए बाच्न सक्ने नागरिकले ज्यान गुमाएका घटनाहरु कति दबिएका होलान ।


मेडिकलहरु बन्द हुदा औषधि नपाइ ,निजि अस्पताहरुले उपचार नगर्दा छट्पटी भैरहेका अन्य नागरिकहरुको पीडा कति होलानरु समस्या समाधानको नाममा नागरिकहरुले भोगिरहेका अन्य पिडाहरु कति होलान ?फुर्सदमा भएकाहरु,घरमा पुगेकाहरु अनावश्यक बाहिर ननिस्कौ,विदेश बाट आएकाहरुलाइ क्वारेन्टिनमा बस ।तर लगडाउन कार्यन्वयन गर्ने नाममा खाना नपाइ,उपचार नपाइ नागरिकहरु जिउँदै मर्न नदिओैँ ।

कोरोना बाहेकका अन्य बचाउन सक्ने बिरामी लाइ उपचार गरि बचाउ ।अलपत्र परेको मजदुरलाई घर सम्म पुग्ने वातावरण बनाऔँ। लगडाउन हाम्रै लागि हो ।तर ओैषधि उपचार पनि डाउन, खाद्यान्न पनि डाउन, आपतकालीन सबै डाउन ? कोरोना बाहेक अरु बिरामीले नजिकैको मेडिकल पुगेर ओैषधि किन्न नपाउने ? प्रहरीले मान्छे देख्ने बित्तिकै उसको समस्या र गम्भीरता नबुझेर भाटा बजार्ने ? लगडाउन अवधिमा कोरोना बाहेक अरु विरामी हुदैन होला ? मजदुरहरुलाई पेट पाल्नु पर्दैनन् होला ? मजदुरहरु घर जान पाउनु पर्दैन होला ? बाटोमै फसेका मजदुरहरु लाई गन्तव्यमा पुर्याउदा कोरोनोको आगो सल्कन्छ होला ?


के यो देश जहिले पनि पहुँचवालाहरुको मात्रै हो र ? हिजो राति कर्णाली प्रदेश सरकारका एउटा मन्त्रीले आफ्नो शक्ति प्रयोग गरि गाडीका गाडी जुम्ला मान्छे पठाए रे । तर पहुँच नहुने अन्य नागरिक हरु पिडा सहेर बस्ने ? यतिबेला सरकारले चालेको कदम नागरिक हितको लागि पक्कै हुन ।तर नागरिक अप्ठ्यारा मा परेका बेला नागरिकका अप्ठ्याराहरु समाधान गर्ने दायित्व पनि राज्यको नै हो ।

आइतबार बसेको मन्त्री परिषद बैठकले राहतका कार्यक्रम घोषणा गरेर राम्रो गरेको छ तर काममा फसेका मजदुरलाई सम्बन्धित ठाउँमा लैजाने निर्णय किन गरेन ? त्यसैले यस्ता कार्यक्षेत्रमा फसेका र बाटोमा अलपत्र परेका मजदुरलाई घर सम्म लैजाउ ।

Recent Update