October 22, 2020, Thursday
२०७७ कार्तिक ७

पहिरोले मृत्यु भएका परिवारलाई टोखा नगरपालिकाद्धारा ५० हजार सहयोग

90

काठमाडौँ – मङ्गलबार पहिरोमा पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए ।

“वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने ।

नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ ।

Recent Update