October 20, 2020, Tuesday
२०७७ कार्तिक ५

राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

207

सप्तरी – सप्तरीको सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।

बिहान ५ बजेदेखि निषेधाज्ञा लागू भएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको हिजोको बैठकले राजविराज नगर क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण र जोखिम बढेको भन्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंकाअनुसार आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा अर्को सूचना नआउँदासम्म कायमै रहनेछ ।

निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, गाडी, पसल बन्द रहने पनि उहाँले जानकारी दिनुभयो । राजविराजको वडा नम्बर ६ का ७३ वर्षका पुरुषको केही दिनअघि कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो ।

परिवारका पाँच जनासहित छरछिमेकमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि राजविराज नगरपालिकाको आग्रहमा निषेधाज्ञा जारी गरिएको हो ।

Recent Update