October 30, 2020, Friday
२०७७ कार्तिक १४

धादिङमा अवरुद्ध सडक अझै खुलेन

228

काठमाण्डौ – लगातारको वर्षाका कारण अवरुद्ध केही सडकखण्ड अझै सञ्चालनमा आउन सकेका छैनन् ।

पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मुग्लिङ सडकखण्ड अझै अवरुद्ध नै छ । धादिङको मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि अवरुद्ध यो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेको सडक विभागले जनाएको छ ।

अप्ठ्यारो ठाउँमा रहेको पुलको आधा भाग नै खोलाले बगाएकाले डाइभर्सनको लागि पनि समस्या भएको धादिङ प्रहरीले जनाएको छ । अहिले मुग्लिङ भएर धादिङ हुँदै काठमाण्डौ चल्ने कुनै पनि गाडी यो खण्डमा चलेका छैनन् । यात्रुलाई पैदल हिँड्नसमेत समस्या भएको छ । अहिले स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा प्रहरीको समन्वयमा सडक मर्मतको काम थालिएको भए पनि आज दिनभर नै खुल्ने संभावना नरहेको धादिङ प्रहरीले जनाएको छ ।

यस्तै पहिरोका कारण अवरुद्ध बेनी-जोमसोम-कोरोला सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । म्याग्दीको दाना र गलेश्वर क्षेत्रमा पहिरो खस्दा र बेलिब्रिज बगाउँदा यो सडकखण्ड अवरुद्ध भएको हो । खुलाउन समय लाग्ने सडक विभागले जनाएको छ ।

Recent Update