April 17, 2021, Saturday
२०७८ बैशाख ४

रुकुममा भाइले दाइलाई चक्कु हानेर हत्या गरे

593

 

मानसिक सन्तुलन गुमाएका रुकुम पश्चिमकाे चौरजहारी नपा ९ निबासी ३४ बर्षका भुपेन्द्र मल्ल (भिम ) ले आफ्नै दाइको हत्या गरेका छन । घरमै हत्या गरेर बारिमा गाडेको अवस्थामा ४५ बर्षका दाई हरि बहादुर मल्ल (पठान) काे शव फेला परेकाे हाे ।एकदुई दिन अगाडि हत्या गरेर शव मकैबारिमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । एकान्त ठाउँमा घर भएको र वरपर छिमेकी समेत नभएकोले घटना ढिला थाहा भएको हाे ।

आफ्नै भाइले चक्कु प्रहार गरी दाइ को हत्या गरेको र हत्यामा संलग्न भुपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।स्रोतका अनुसार दुवै जनाकाे मानसिक सन्तुलन ठिक नभएको बताइएको छ ।बृद्धअबश्थाकि आमा दुबै छाेराकाे अवस्था ठिक नभएपछि एक्लै बस्दै आएकि थिइन ।मृतक छाेरा आमाकाेमा सधैं खाना खान आउने गरेको तर एकदुई दिन खाना खान नआएपछि आमाले खाेजि गर्दा घटना बाहिर आएको हाे ।