October 29, 2020, Thursday
२०७७ कार्तिक १३

नुहाउने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु

327

बुटवल – नुहाउने क्रममा खोलाले बगाउँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीको  शीतगंगा–१४ का ५८ वर्षीय कर्णबहादुर दर्जीलाई स्थानीय बाणगंगा खोलामा नुहाउँदा बगाएको हो ।

नुहाउन गएका दर्जीलाई खोलाले बगाएर धेरै तल पुर्याएको र कपिलवस्तु बाणगंगा ८ मधुवन नजिकै खोलाको किनारमा प्रहरी र स्थानीयले आज बिहान उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो खोलाले दर्जीलाई बगाएपछि अर्घाखाँचीको सिमलपानी प्रहरी चौकीका प्रहरी जवान र स्थानीयले खोजी कार्यलाई तिव्र पारेका थिए । तर दर्जीलाई खोलाले बगाएर धेरै टाढा लगेपछि ईप्रका पिपराको प्रहरी टोलीले मधुवन नजिकै खोलाको किनारमा शव फेला पारेको हो ।

शवलाई अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको छ ।

Recent Update