October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

कोरोना मुक्त अमिताभ बच्चन

327

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ ।

यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानकारी दिएको बुझिएको छ ।

अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ ।

Recent Update