October 20, 2020, Tuesday
२०७७ कार्तिक ४

गोसाइँकुण्ड पदमार्गका होटल सञ्चालनमा

357

त्रिशुली – नजिकिँदो जनैपूर्णिमा पर्वलाई लक्षित गर्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोटतर्फका होटल सञ्चालन गरिएको ‘लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समिति’का उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारले यही साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने जनाए पनि साउन १० गते नागपञ्चमीदेखि गोसाइँकुण्ड जान नुवाकोटस्थित पदमार्गमा धर्मालम्बी आउने अपेक्षासहित होटल सञ्चालनमा ल्याइएको छ । ‘नेपाल भ्रमण वर्षलाई लक्षित गरेर थप सेवा र सुविधासहित सञ्चालित होटल कोभिड–१९ को जोखिमका कारण बन्द भएकोमा बन्दाबन्दी खुला भएसँगै सञ्चालन गरिएको छ ।”

लामा गेष्ट हाउस तथा रेष्टुरेन्टका सञ्चालक समेत रहेका पेम्बा लामाले भने, “पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटकोे घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारलगायतको व्यवस्था समेत होटल सञ्चालक व्यावसायीले मिलाएका छन् ।”

Recent Update