बिहीबार साँझ सीतापाइलामा एक युवतीमाथि अज्ञात व्यक्तिले एसिड प्रहार गरेका छन ।ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको प्रहरीले बताएको छ । घरबाट दही किन्न भनेर पसलमा निस्किएकी उनीमाथि एसिड प्रहार भएको हो ।
उनको अनुहारमा एसिड प्ररेको छ । उनलाई उपचारकाे लागि कीर्तिपुरस्थित अस्पतालमा लगिएको छ ।
एसिड प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ
।