July 31, 2021, Saturday
२०७८ श्रावण १६

मलाई माफ गर आमा

544

खुलेयाम तिमिमाथी भैरहेको
चर्को हिंसा
उहिले बाट अहिलेसम्म सहदै आएकी तिमी
पुरुषवादी चिन्तनको समाजमा
तिमिले कतै न्याय पाएनौँ आमा ।

तिमी धायौ
म माथी अत्याचार भयो भन्दै
समाजका ठुल्ठालु र भलादमी सँग
अनि पुग्यौ अदालतसम्म
तरपनी न्याय पायनौ आमा ।

न्यायमुत्रीहरुले बदनाम कमाएको क्षण

न्याय नपाएर तिमि राेइरहेकाे पल ,तिमी हारी सकेकी थियौ
धाउदा धाउदा भलदमी र अदालत
अब न्याय पाउछु भन्ने तिमिलाई कतै ठाउ थिएन
र भन्दै बस्थ्यौ नेपालको कानुन दैवले जानुन,

जब म पनि केही कुरा बुझ्न सक्ने भए समाजमा
हामी नारीमाथी गरिएको दमन
अनि गर्वबाट नै सुरु भएको
नारी हिंसा
म सहन नसक्ने भए
र भन्दै निस्किए तिमिलाई

म हिंसाको विरुद्धमा काम गर्छु आमा
अनि न्याय दिलाउछु
लाखौं नारिहरुलाई भन्दै
सडकमा उत्रिएकै हौं
नारी हिंसा अन्त्य गर
भन्दै जुलुसमा गएकै हौ
अब हामी हिंसा सहदैनौ
आधा आकाश र आधा धर्ती
हाम्रो पनि हो
हामीमाथि किन दमन किन हिंसा
भन्दै २/४ वटा अन्तरवार्ता टेलिभिजन र रेडियोमा
दिएकै हौं
उत्रिए हिंसा विरुद्ध नारी भन्दै अनलाइनहरुमा खबर आएकै हो
तर
कानुन बनाउनेहरुले
हाम्रो आवाज सुनेनन
त्यसैले त आज अपराधिहरुलाइ सुनपानी छर्केर
चोख्याइदै छन

आफ्नै श्रीमती हत्या गर्नेहरु लोकतन्त्र र गणतन्त्रको
योद्धा छुटे जसरी हात हल्लाउँदै जेलबाट बाहिरन्छन
यहाँ
न्यायका पालकहरु
कुन कुरामा बिक्दै छन
अनि कसरी पाउछ
पिडिले न्याय
दोषीले सजाय?

मैले पनि तिमिले हारे जस्तैगरी हारे आमा
अनि तिम्रै शब्द सापटी लिएकी छु
नेपालको कानुन दैवले जानुन
मलाइ माफ गर आमा
मलाइ माफ गर

 

रचना :भावना शर्मा रुकुम पश्चिम्