October 29, 2020, Thursday
२०७७ कार्तिक १३

प्रिन्सिपल द्वारा सल्यानमा १४ बर्षीया बालिकामाथि बलत्कार

1.1K

 

सल्यानको बागचौर नगरपालिकामा एक शिक्षकले आफ्नै १४ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ ।बागचौर नगरपालिकाको वडा नम्वर २ वागचौरमा एक निजि विद्यालयका प्रिन्सीपलमाथि यस्तो आरोप लागेको हो ।

वागचौरमा रहेको एक निजि विद्यालयका शिक्षक वागचौर नगरपालिका २ निवासी ३६ वर्षिय रामचन्द्र केसीले बालिकामाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय थारमारेमा उजुरी परेको प्रहरीले जनाएको छ ।

आराेपित प्रिन्सिपल फरार

बालिकालाइ ५ दिन अघिदेखी निरन्तर रक्तश्राव भइ रहेपछि पीडितका आफन्तले घटनाबारे थाहा पाएका हुन् । घटना परिवारले थाहा पाएपछि आरोपित शिक्षक फरार रहेका छन् ।उनको खाेजि भैरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले कानुनी प्रकृया अघि बढाउने र थप अनुसन्धान अगाडी बढाउने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

Recent Update