April 12, 2021, Monday
२०७७ चैत्र ३१

दाउरा टिप्न गएका एक जनालाई नारायणीले बगायो

86

नवलपरासी – पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा दाउरा टिप्न गएका एक जनालाई नारायणी नदीले बगाएको छ ।

आज बिहान बाढीले बगाएर ल्याएको दाउरा टिप्न गएका सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगरका ५० वर्षका राधेश्याम कोइरीलाई नदीले बगाएको हो । कोइरीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।