May 18, 2021, Tuesday
२०७८ जेष्ठ ४

सल्यानकाे दुर्गम गाउँमा सेनाले बनायो प्रसुति गृह

300

 

नेपाली सेनाले सल्यानकाे एक दुर्गम गाउँमा प्रसुति गृह स्थापना गरेर समुदायलाई हस्तान्तरण गरेको छ ।गाउँमा सुरक्षित प्रसुति हुने अवस्था नहुदा सदमुकाम खलंगा जानुपर्ने बाध्यता थियो ।उक्त समस्यालाई समाधान गर्न दार्मा गाउँ पालिकाकाे ढाकाडाममा सेनाले प्रसुति गृह निर्माण गरिदिएको हाे । दार्मा गाउँपलिका, वडा नं. ५ स्थित ढाकाडामको त्रिवेणिमा सल्यानकाे सबुज गणका सेनाकाे श्रमदान र आर्थिक सहयोगमा उक्त प्रसृति गृह निर्माण भएको हाे ।

४ महिनाको श्रमदान बाट निर्माण सम्पन्न भएको ४-कोठे पक्कि प्रसुति गृह साउन ७ गते १९ नम्बर बाहिनी अड्डाका बाहिनीपति सहायक रथी सुशील कुमार भण्डारी तथा सोहि गाउँपालिकाका अध्यक्ष मिन बहादुर केसिले संयुक्तरुपमा उद्‍घाटन गरेका थिए । उक्त प्रसुति गृह गाउँपालिकाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ । प्रसुति गृह निर्माण भएपछि स्थानीयबासिहरु खुसि भएका छन।