October 30, 2020, Friday
२०७७ कार्तिक १४

हरेक चिज को जिउने यौटा

339

 

हरेक चिज को जिउने यौटा…..!
हरेक चिज को जिउने यौटा बहाना हुदो रैछ!
जिन्दगी त बेग्लाबेग्लै गाना हुँदो रैछ!
जिन्दगी त बेग्लाबेग्लै गाना हुँदो रैछ!!

कोई बेश मैं नपुगेरै …..!
कोई बेश मै नपुगेरै सगरमाथा टेक्न खोज्छन!
मान्छे मा पनि अचम्मको चाहना हुँदो रैछ!
मान्छे मा पनि अचम्मको चाहना हुँदो रैछ!

अलि अलि गरी बल्ल …..!
अलि अलि गरी बल्ल मैले बुझ्न थालेको छु!
एक दुई कुरा छोडी सबै बहाना हुँदो रैछ !
एक दुई कुरा छोडी सबै बहाना हुँदो रैछ!

दरबार भित्र पसे पछि …….!
दरबार भित्र पसे पछि यसले उसलाई बिर्सिदियो!!
स्वार्थ पुगे पछि अरू सबै साना हुँदो रैछ!
स्वार्थ पुगे पछि अरू सबै साना हुँदो रैछ!

नचाहिँदो गर्नु हुन्न …..!
नचाहिँदो गर्नु हुन्न भन्नुहुन्थ्यो मेरी आमा!
अनगिन्ती चरित्रका पाना हुदो रैछन्!
अनगिन्ती चरित्रका पाना हुदो रैछन्!

 

 

रचना :शोभाराम ओली रुकुम पश्चिम, हाल काठमान्डौ किर्तिपुर

 

Recent Update