November 23, 2020, Monday
२०७७ मंसिर ९

महंगियो तरकारी, वर्षाका कारण आयातमा समस्या

273

काठमाडौं – उत्पादित तरकारीलाई बजारसम्म ल्याउन यातायात व्यवस्थापनमा अवरोध हुँदा तरकारीको मूल्य बढेको छ । विशेषगरी उपभोक्ताले बढी उपभोग गर्ने र अपत पनि हुने तरकारी मध्ये आलु पर्छ ।

आलुको मूल्य अहिले निकै बढेको छ । करिब एकसाताअघि एकसय २० रुपैँया धार्नी पर्ने आलु अहिले १ सय ८० रुपैँया पुगेको छ । हरेक वर्ष यस समय तरकारीको मूल्य बढ्ने कालामाटी फलफुल तथा बजार विकास समितिले जनाएको छ ।

निरन्तरको वर्षाका कारण विभिन्न राजमार्गका सडकहरु अवरुद्ध भएकाले भारतबाट तरकारी आउन नसकेको उनले बताए ।

तरकारीको मूल्य घट्नका लागि वर्षामा निर्भर रहनु पर्ने अवस्था छ ।

Recent Update