October 31, 2020, Saturday
२०७७ कार्तिक १५

स्यार्पुतालमा बेपत्ता युवाको शव फेला

777

 

गत साउन सात गते स्यार्पुतालमा पाैडि खेल्ने क्रममा बेपत्ता युवाको शव फेला परेको छ । पौडि खेल्ने क्रममा बेपत्ता भएका बाँफिकाेट ५ बडगाउँका कल्लु घर्तिको छोरा बर्ष २० को अनिल घर्तिको शव इलाका प्रहरी कार्यालय बाँफिकोटबाट खटिएको प्रहरी टोली, स्थानिय जनप्रतिनिधि र सर्व साधारणहरुको सहयोगमा स्यार्पु ताल उत्तर दिशामा डुबेको अवस्थामा शनिबार  फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उनी सँगै तालमा बेपत्ता भएका अर्का युवकको शव भने उतिबेला नै फेला परेको थियो ।तालको मुहानमा पाैडि खेल्दा दुई जना बेपत्ता भएका थिए ।

Recent Update