उत्तर कोरियामा पहिलो पटक कोरोना भाइरसको संक्रमण फेला परेको छ । उत्तर कोरियाको समाचार संस्था केसिएनएले गएको हप्ता दक्षिण कोरियबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको हो ।
तीन वर्षअघि देशद्रोहको अभियोग लागेका ती व्यक्ति तीन वर्ष पहिले दक्षिण कोरिया गएका थिए । ती व्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ ।
उत्तर कोरियाको केसाङ सहरमा आज कोरोना संक्रमित भेटिएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आकस्मिक बैठक बोलाएका छन् । कोरोना भाइरसको संक्रमण देखिएपछि केसाङ वरपर किमले स्वास्थ्य आपतकाल घोषणा गर्नुका साथै लकडाउन गर्न निर्देशन दिएका छन् ।