October 30, 2020, Friday
२०७७ कार्तिक १४

श्रीमतिले आत्महत्या गरेको एक वर्षपछि श्रीमानले आफ्नै निधारमा गोली हानी आत्महत्या

261

उदयपुर – उदयपुरमा भरुवा बन्दुकले निधारमा हानेर एक जनाले आत्महत्या गरेका छन् । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा– ५ जाँतेका ५५ वर्षीय विद्याराज राईले आफ्नै घरमा भरेर राखेको भरुवा बन्दुकले हानेर आत्महत्या गरेको वडाध्यक्ष केशरकुमार खड्काले जानकारी दिए ।

गाउँमा मादक पदार्थ सेवन गरी घर आएका राईले घरमा भरेर राखेको बरुवा बन्दुक निकालेर आँगनमै आत्महत्या गरेका हुन् । आत्महत्या गर्नु पर्ने कारण भने खुलेको छैनन् ।

राईको सबलाई पोष्ट मार्डमका लागि जिल्ला अस्पताल गाईघाट ल्याएको छ ।

मृतक राईको १ वर्ष अघि श्रीमतीले विष सेवन गरी आत्महत्या गरेकी थिइन् ।

Recent Update