October 31, 2020, Saturday
२०७७ कार्तिक १५

वीर अस्पतालमा कोरोना आशंकामा उपचार भैरहेका दुइ जनाको निधन

474

कोरोना संक्रमणको आशंका गरिएका दुईजना बिरामीको काठमाडौंको वीर अस्पतालमा सोमबार दिउसो निधन भएको छ । भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी एक महिलाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ ।

वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ ।निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो ।


यस्तै सोमबार बिहान कोरोना आशंकामा पाटन अस्पताल भर्ना भएर उपचार गरिरहेका धादिङका ३६ वर्षका एक बिरामीको पनि निधन भएको छ । यी तीनै जनाको निधनको कारण खुलेको छैन । सबैको रिर्पोट आएपछि मात्रै कारण खुल्ने अस्पतालले जनाएका छन ।

Recent Update