October 29, 2020, Thursday
२०७७ कार्तिक १३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ९६ हजार तीन सय

234

काठमाडों – आज सुन तोलाको ९६ हजार नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

शुक्रबार भने तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ पुगेको छ ।

गत शुक्रबार तोलाको ९५ हजार ३ सय ६५ मा कारोबार भएको थियो । चाँदीको मूल्य पनि निरन्तर बढेर तोलाको १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ ।

शुक्रबारको तुलनामा तोलामा ५ रुपैयाँले बढेको हो । यसैबीच नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं वार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ ।

Recent Update