July 31, 2021, Saturday
२०७८ श्रावण १६

कैलालीमा कोरोना संक्रमितको संख्या ९ सय ९३ पुग्यो

165

 

कैलाली – सुदुरपश्चिममा पहिलो पटक कोरोना संक्रमण देखिएको कैलालीमा संक्रमितको संख्या एक हजार नजिक पुगेको छ ।

कैलालीमा प्रदेशमै सबैभन्दा बढि ९ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै अछाममा ६ सय ४८, डोटीका ६ सय ५७, बाजुराका ६ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय १४, डडेल्धुराका तीन सय तीन, बैतडीका दुई सय ७९, बझाङका एक सय ७९ र दार्चुलाका २० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका दुई हजार दुई सय ९६ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भइसकेको छ । कैलालीमा सबैभन्दा बढि चार जना संक्रमितको मृत्यु भएको छ ।