November 28, 2020, Saturday
२०७७ मंसिर १३

विदेशमा अलपत्र ९४ शव नेपाल ल्याउन बाँकी

303

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ ।

मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्‍याइ परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।

Recent Update