November 28, 2020, Saturday
२०७७ मंसिर १३

आइतबार नारायण नगरपालिकाका २३ जनामा कोरोना संक्रमण

216

सुर्खेत – दैलेखमा फेरि कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरु बढ्दै गएका छन् । कर्णाली प्रदेशको सबैभन्दा बढी संक्रमित भएको दैलेखमा पछिल्लो पाँच दिनयता मात्रै ७४ जना नयाँ संक्रमितहरु फेला परेका हुन ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार गत ७ गतेदेखि १० गतेसम्म प्रदेशमा ८९ जनामा संक्रमण देखिँदा दैलेखका मात्रै ५० जना रहेका छन् ।

दैलेख अस्पतालको प्रयोगशालामा ६२ जनाको स्वाब परीक्षण गरिएकोमा आइतबार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोरोना फोकल प्रशन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

आइतबार नारायण नगरपालिकाका मात्रै २३ जनामा संक्रमण देखिएको छ । जसमा १३ जना महिला र १० जना पुरुष रहेका छन ।

Recent Update