March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९

पेस्तोल सफा गर्दा अचानक पड्केर हवल्दार घाइते

325

 

नियमित सफाइका क्रममा पेस्तोल पड्कँदा एक जना हवल्दार घाइते भएका छन् । मुसीकोट नगरपालिका–१ मठस्थित सशस्त्र प्रहरीको ४७ नम्बर गुल्ममा कार्यरत कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय हवल्दार यामबहादुर खड्का घाइते भएका हुन् ।

आइतबार दिउँसो हातहतियार सफाइका क्रममा पेस्तोल पड्किएपछि खड्काको घुँडा भन्दा माथिको भागमा गोली लागेको छ । घाइते खड्कालाई थप उपचारका लागि नेपालगञ्ज पठाइसकिएको छ । जिल्ला अस्पताल सल्लेमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए ।