November 28, 2020, Saturday
२०७७ मंसिर १४

नियम विपरीत सवारी चलाउने र मास्क नलगाउने कार्वाहीमा

654

 


जिल्ला टाफिक प्रहरी कार्यालय रुकुम पश्चिमले आइतबार १७ वटा सवारी साधन कारबाही गरेको छ । जिल्ला टाफिक कार्यालय प्रमुख लक्ष्मण बि.क का अनुसार कागज प्रत्र नभएका र नियम बिपरित चलाइएका सवारीसाधनहरु कार्वाहीमा परेका हुन । जिल्ला ट्राफिक कार्यालय रुकुम पश्चिमले लकडाउनकाे समयमा हाेस या लकडाउन खुकुलोकाे समयमा हाेस चेकजाँचलाई कडा गरेको छ ।

जिल्लाका विभिन्न ठाउँमा चेकजाँचलाई कडा पारेको ट्राफिक कार्यालयले जनाएको छ । साथै बजारमा मास्क नलगाई हिडने १४ जनालाई पनि प्रहरीले जरिवाना गरेको छ । उनिहरुलाई जरिवाना स्वरुप एक सय रुपैयाँ असुल गरिएको छ । प्रत्येकलाई १०० जरिवाना र एउटा मास्क बितरण गरिएको प्रहरी निरीक्षक हरि वलि जानकारी दिएका छन ।कानुन भन्दा माथि काेहि छैन ,हामीले कानुन कार्यनयन गर्ने हाे निरिक्षक ओलीले भने ।

Recent Update