March 7, 2021, Sunday
२०७७ फाल्गुन २४

समाजसेवी किरण गुरुङले दश दिन सम्म काठमाडौमा बाँडे स्वास्थ्य सामाग्री

262

स्वास्थ्य सामाग्री वितरण गदै किरण

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बाट आफु पनि बचौँ अरुलाइ पनि बचाउ भन्दै एउटा युवा काठमाडौका बिभिन्न क्षेत्रमा बिगत दश दिन देखि स्वास्थ्य सुरक्षाका सामाग्रीहरु निशुल्क बाडदै हिडिरहेका छन । उनले आफनो एउटा गाडीमा मास्क,पन्जा,सेनिटाइजर,किटाणु नस्ट गर्ने स्प्रे, हात धुने सावुन लगाएतका सामाग्रीहरु बाकेर कहाँ अभाब छ त्यहाँ पुग्छन ।


यसरी निशुल्क सामाग्रीहरु बाँडदै हिडने ती युवा हुन बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० पाथिभरा टोलमा बसोबास गर्ने किरण गुरुङ । किरणले नेपालमा लगडाउन हुनु भन्दा तीन दिन अगाडी बालाजुमा रहेको मानव सेवा आश्रम बाट यो अभियान सुरु गरेका थिए ।

त्यहाँ बाट सुरु गरेको उनको यो अभियान कहिले काठमाडौका कपन,बौद्ध,चावेल तीर हुन्छ भने कहिले विमान स्थल सम्म पनि पुग्छ । उनले सोमबार कपन क्षेत्र र बिमान स्थल आन्तरिक उडान क्षेत्रमा आवश्यक सामाग्री वितरण गरे । मैले भित्री मन बाट सेवा गरे मलाइ चर्चामा आउन या अरु कुनै स्वार्थ कमाउन छैन उनी भन्छन । समाजसेवी मञ्जु टिकेश्वरी हमाल,बुद्ध शान्ति नेपालको अध्यक्ष देशमाया लामा,शिक्षण अस्पतालका प्राध्यापक मिलन लोकचन,सुजन लोकचन सगै हिडेर सहयोग गरेका छन ।

गुरुङले १२ सय देखि १५ सय सम्म मास्क,पञ्जा , सेनिटाइजर, आदी वितरण गरियो भन्छन । नेपाली काँग्रेसको राजनितिमा आवद्ध गुरुङ भन्छन यो संकटको बेला हो यतिबेला हामी सबैले सरकारकोे आग्रहलाइ पालना गर्नु पर्छ । यतिबेला नागरिकले नागरिकको तर्फबाट ,स्वास्थ्यकर्मीले स्वास्थ्यकर्मीकाे तर्फबाट तथा पाईलट ,सुरक्षाकर्मि सबैले निडर भएर जिम्मेवारी निर्वाह गर्नुपर्छ किरण भन्छन् ।

मंगलबार गुरुङकै नेतृत्वमा तथा संसद बिकास कोषको साझेदारीमा दैनिक ज्यालादारी गरि खाने ,अशक्त एव गरिब हरुलाइ खाद्यान्न राहत वितरण गरिदै छ । बुढानिलकण्ठ १० को पाथिभरामा एक ट्रक बराबर खाद्यान्न सामाग्री राहत वितरण गर्न थालेको गुरुङले बताए । हामीले खाद्यान्न बाँडने तयारी गरेका छौ । यसमा संसद गगण थापाको संसद बिकासकोष बाट पनि सहयोग हुने कुरा भएको छ । गुरुङले अघिपछि पनि यस्ता समाजसेवाका कामहरु गदै आएका छन ।