July 31, 2021, Saturday
२०७८ श्रावण १६

जुम्ला कोरोना भाइरस सङ्क्रमण मुक्त

139

जुम्ला – जुम्ला जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेका एक जना सङ्क्रमित आइतबार निको भएर घर फर्केपछि जिल्ला कोरोना भाइरस सङ्क्रमण मुक्त भएको हो ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको अथक कामले यो सफलता प्राप्त भएको हो,’ प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.निरज थापाले भने, ‘अझै कोरोनाको जोखिम कायम रहेको हुँदा सावधानि अपनाउन  आग्रह गर्दछु ।’

प्रतिष्ठानले हालसम्म करिव २० जनाको पीसीआर बिधिबाट परीक्षण गरिसकेको छ ।