December 1, 2020, Tuesday
२०७७ मंसिर १६

विश्वमा एक करोडभन्दा धेरैले कोरोनालाई जिते

204

काठमाण्डौँ – विश्वमा एक करोडभन्दा धेरैले कोरोना भाइरसकाे सङ्क्रमणलाई जितेका छन् ।

अहिलेसम्म एक करोड ५६ हजार दुई सय ८८ जनाले कोरोनालाई जितेका वल्डाेमिटरले जनाएको छ । आइतबार एकैदिन एक लाख ३५ हजार ४२ जनाले कोरोनालाई जितेका थिए ।

पछिल्लो समय सङ्क्रमणको दरसँगै निको हुनेको दर पनि बढिरहेको छ । शनिबार झण्डै दुई लाख जना उपचारपछि निको भएका थिए । विश्वमा अहिलेसम्म एक करोड ६४ लाख ३० हजार ६ सय ६६ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

यसमध्ये एक करोडभन्दा धेरै निको भइसकेका छन् । 

Recent Update