November 28, 2020, Saturday
२०७७ मंसिर १३

मास्क प्रयाेग गर्न सचेतना फैलाउदै रुकुम पश्चिम प्रहरी

456

मजदुरलाई मास्क वितरण गर्दै रुकुम पश्चिम प्रहरी

मास्क अनिवार्य लगाउन जनचेतना फैलाउदै रुकुम पश्चिम प्रहरीले अभियान नै थालेकाे छ ।काेराेनाकाे जाेखिम अझै कायम रहेको भन्दै सुरक्षित रहन र मास्क लगाउन जनचेतना फैलाउन प्रहरी सकृय भएको छ ।स्वास्थ एवं सुरक्षा मापदण्ड अनुसार अनिवार्य मास्कको प्रयोग गर्नहुन अनुरोध गरिएकोमा सो निर्देशन एवं अनुरोधको पालना नगरी नियम उल्लघंन गर्ने १ हजर ७ सय ३८ जना लाई सम्झाइ बुझाइ पठाएको प्रहरीले जनाएको छ ।

हाल सम्म ६६ जना पुरुष लाई संक्रमण रोग ऐन २०२० बमोजिम रु १०० जरिवाना गरी रु १० हजार दुई सय राजस्वमा दाखिला गरिएको साथै सचेतना जानकारी सहित मास्क समेत बितरण गरिएको प्रहरी निरीक्षक हरि वलीले जानकारी दिएका छन। सदरमुकाममै मास्ककाे प्रयोग कम पाइएको निरिक्षक ओलीले बताए । प्रहरीले मास्ककाे प्रयोग र ट्राफिक नियमबारे सचेतना गाउँ गाउँ सम्म विस्तार गरेको छ ।जेष्ठ नागरिक, बालबालिका र मजदुरले माक्स नलगाई हिडेको भेटाएमा सम्झाई बुझाई प्रहरीले निशुल्क माक्स प्रदान गर्दै आएकाे छ भने अन्यलाई जरिवाना स्वरुप १ सय रुपैया लिने र एउटा मास्क वितरण गर्छ ।

Recent Update