December 6, 2021, Monday
२०७८ मंसिर २०

प्रकृतिकाे अनुपम उपहार राताेमाटोको राजधानी,अचम्मको बनावट

2.2K

प्रकृतिका अनेक आकृतिले नेपाल अनुपम सुन्दरताकाे धनी देश त्यसै बनेको हाेइन हाेला ?प्रकृतिले कुदेर बनाएकाे जस्तै यहाँ अनेक प्राकृतिक अनाैठा दृश्यहरु छन् ।यस्तै अनाैठाे र आचार्य लाग्ने एउटा स्थान हाे, राेल्पाकाे साविकको घाेडागाँउ स्थित राताेमाेटाे क्षेत्र ।

जाे काेहि अचम्मित र आनन्दित हुन्छ उक्त क्षेत्रकाे राताेमाटाेकाे दृश्य निकै कलात्मक छ ।राताेमाटाेकाे राजधानी भन्दा पनि फरक नपर्ने उक्त क्षेत्र निकै सुन्दर पनि छ ।

हेर्दा समथल र रमणिय देखिने ठाउँ राताे माटाे सबैकाे मन लाेभ्याउने गर्छ।उक्त माटाे प्राकृतिक आफै बनेको बर्षाै देखि जस्ता काे त्यस्तै देखिन्छ।निकै कलात्मक रुपमा सजिएर फैलिएको राताेमाटाे राेल्पाकाे एक पर्यटकिय क्षेत्रकाे रुपमा पनि लिने गरिन्छ ।

फागुन देखि साउन भदौ मा उक्त ठाउँ घुम्न अति रमाइलो हुन्छ ।वारीपारि डाँडाहरु कुहिराेले ढाकेकाे दृश्य केही तल माडिखाेला अनि पारी देखिने खुग्री काे रमनिय दृश्य याे माैसममा सबैकाे मन माेहित हुने गर्छ ।वरिपरि सल्लेरी बन र सालका विरुवा र रुखहरुले घेरिएको राताेमाटाे अनि पानी बग्ने जस्तै साना – साना खाेल्साहरु ,पानी पर्दा राताेमाटाे अझ खदिलाे हुने यसको विषेशता हाे ।

छिमेकी जिल्ला प्युठानकाे सारी, भिग्रि, राेल्पाका जेदवाङ,जाैलिपाेखरी,तुसारपानी,थुम्पाकी,आदि स्थान बाट दशै तिहारमा घर लिप्न माटाे लिन आउनेहरुकाे घुइचाे हुन्छ।राेल्पा लिबाङ,सुलिचाैर देखि टाढा टाढा बाट गाडि लिएर माटाेमा फाेटाे खिच्न, सालकाे पात टिप्ने ,र टिकटकमा रमाउन आउनेहरु पनि पछिल्लो समयमा रातामाटामा बढिरहेका छन् ।

उक्त क्षेत्रलाई रेड पार्ककाे रुपमा स्थापना गरि थप पर्यटन काे बिकास गर्न केही कामहरु पनि सुरु गरिएको छ ।उक्त ठाउँ काे केही भाग माटाे लाई समथर बनाइएको छ।यदि उक्त पार्क तयार भयो भने राेल्पाली मात्र नभइ अन्य जिल्ला बाट पनि पर्यटक घुम्ने आउने अपेक्षा गरिएको छ ।

दाङ ,प्युठान र राेल्पा जाने मुख्य राजमार्ग माडि र लुङ्ग्री नदि काे दाेमान तथा भिग्री प्युठान बाट हिडेर ३०/३५ मिनेट मै उक्त ठाउँमा पुग्न सकिन्छ ।राेल्पा सदरमुकाम लिवाङ देखि हाेलेरी जाडिएकाे माेटर बाटाे उक्त ठाउँ भएर जान्छ ।

शब्द /तस्बिर/ बिन्दु कुँवर राेल्पा