June 17, 2021, Thursday
२०७८ असार ३

साउदीमै अस्ताए सबैका प्रिय राेशन श्रेष्ठ

619

राेशन श्रेष्ठ

२०१६ देखि साउदी अरबमा सन्चालित नेपालीहरुको पहिलो मिडिया एनए (NA Media) का प्रबन्धक निर्देशक,स्याङ्जा गल्याङ नगरपालिका-८ का रोशन श्रेष्ठ काे निधन भएको छ । श्रेष्ठको असामाहिक निधनको खबरले साउदी अरबमा रहेका नेपालीहरु दुखि भएका छन्।कोरोना भाइरस पोजेटिभ को संका गरेपनि अस्पतालको आधिकारीक रिपोर्ट आउन बाकी रहेको नेपाली दुताबासले जनाएको छ ।अहिले उहाँको निधनकाे यहि कारण हाे भनेर भन्न सकिदैन रिपोर्ट आउन बाँकी छ दुताबासका एक अधिकारीले भने ।

न्युमोनिया र श्वासप्रश्वासमा समस्या देखिएर बिगत ३५ दिन देखि साउदी अरबको दम्माम स्थित सेन्ट्रल अस्पतालमा उपचारत श्रेष्ठको हिजो बिहान निधन भएको हो ।साउदी अरबमा सबैका लोकप्रिय सामाजिक र मृदुभाषी श्रेष्ठ नेपालमा लकडाउन हुनुभन्दा एक दिनअघि साउदी पुगेका थिए ।

एनए मिडियाका म्यानेजिङ डाइरेक्टर समेत रहेका श्रेष्ठ स्याङ्जा सहयोग समाज लगाएतका दर्जनौं संघ संस्थामा आबद्ध थिए । श्रेष्ठको निधन प्रति साउदी अरबमा रहेका नेपाली समुदाय , राजदुतावास,सामाजिक संघ संस्थाहरु लगायत सम्पूण नेपालीहरुले श्रद्धान्जली र समवेदना प्रकट गरेका छन ।नेपाली समुदाय माझ निकै लाेकप्रिय श्रेष्ठको निधनले उनका हजारौं शुभचिन्तक पिडामा छन ।

Recent Update