October 21, 2020, Wednesday
२०७७ कार्तिक ५

रुकुम पश्चिममा पहिरोले घर बगाउदा दुई बेपत्ता

1.1K

रुकुम पश्चिमकाे बाँफिकोट गाउपालिका वडा नम्बर ९ झुलाकाे स्याला भन्ने गाउँमा गएराति पहिरो खस्दा २ जना बेपत्ता भएका छन । बिहान ४ बजे पहिरोले घर बगाउदा २२ बर्षका नवीन सुनार र साथीको घरमा सुत्न आएका १६ बर्षका छिमेकी बल बहादुर सुनुवार बेपत्ता भएका हुन । बेपत्ताको खोजि कार्य भैरहेको अस्थाई प्रहरी पोस्ट छिनखेतका ईन्चार्ज असई बालकृष्ण खड्काले जानकारी दिए ।

स्थानीय र नेपाल प्रहरीले सक्रियतामा खोजि कार्य भैरहेको छ । पहिरोमा परेर ३ जना घाइते भएका छन ।घाइते मध्ये अलि गम्भीर ५५ बर्षकि झुपि सुनारकाे छिन्खेत मेडिकलमा उपचार भैरहेको छ । ३ जनालाई भने स्थानीयले सकुसल उद्दार गरेका हुन ।पहिरोले घर १ सय ५० मिटर जति तल बगाएको छ ।घटनाको थप विवरण आउन बाँकि रहेको रुकुम पश्चिमका डिएसपी ठग बहादुर केसीले जानकारी दिए ।

Recent Update